समाचार

अन्ततः सिण्डिकेटधारी निहुरे, मध्यरातमा भयो यस्तो ५ बुदेँ सहमती !

काठमाडौं । सरकार यातायात व्यावसायीबीच ५ बुदेँ सम्झौता भएको छ । अन्ततः सरकारको निर्णयको स्वागत गर्दै यातायात व्यावसायीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । दई पक्षबीच आईतबार राती भएको सहमती सार्वजनिक गरिएको छ ।

सहमतीको ५ बुदाँ यस्तो छः
१. नेपाल सरकारबाट सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको कदमको स्वागत गर्दै यातायात क्षेत्रको जूनसुकै स्वरुपको सिण्डिकेट खारेजी,अन्त्य गर्ने ।

२. एउटा मात्र सवारी साधन भएको सवारी धनीले पनि सवारी सञ्चालन गर्न प्रचलित कानुन बमोजिम पाउने ।

३. सम्मानित सार्वोच्च अदालतको रिट नम्बर ०७१-d0-०४४४ मा भएको परमादेश अनुसारको जाँचबुझ आयोग गठनको प्रक्रिया यथाशिघ्र अगाडी बढाउने ।

४. यातायात व्यावसायी महासंघ संयुक्त आन्दो्लन मूल समिति २०७४ का पूर्वघोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने ।

५. यातायात क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयलाई यथशीघ्र राय परामर्श दिन सरोकारवाला समेतको प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गर्ने ।