पु.समाचार

जुवा खालबाट रु ४९ हजारसहित पाँच पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत भैरवस्थानस्थित प्रतीक होटलबाट आज प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

प्रतीक होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट खटिएका प्रहरी टोलीले सो होटलमा खानतलासी गरेको थियो ।

आज बिहान खानतलासका क्रममा नगद रु ४९ हजार, तीन गड्डी तास, चार मोबाइल सेट र होटल सञ्चालकसहित चार जना जुवा खेलिरहेको अवस्थामा भेटिँदा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । जुवाको खालबाट प्रहरी हिरासतमा पुगेका उनीहरुको अनुसन्धान भइरहेको जनाइएको छ ।

यसैगरी जुवातास खेलिरहेको भन्ने विशेष सूचनाअनुसार प्रहरीले आज सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित एक घरमा छापा मारेको थियो ।

सो घरमा पनि जुवा खेलिरहेका घरधनी ५९ वर्षीय कालीप्रसाद शाक्य, अर्का एक ५५ वर्षीय दानबहादुर गुरुङ र नाम नखुलेको एक जनालाई नगद रु ३४ हजार ५०० सहित जुवा खालबाट पक्राउ गरेको थियो । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।