देश

ड्रग्स सहित तामाङ समातिए

काठमाडौं । नयाँवजारबाट अवैध लागू औषध सहित एक जना पक्राउ परेका छन् । राजधानीको नयाँबजारस्थित वालाजुपुल नजिकबाट अवैध लागू औषधसहित धन बहादुर तामाङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा २४ बर्षीय तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तामाङले लुकाई छिपाई राखेको अवस्थामा लागु औषध चरेस ८०० ग्राम फेला परेको महानगरिय प्रहरी बृत लैनचौरले बताएको छ । यसबारे थप अनुसन्धान भईरहेको बताईएको छ ।