समाचार

जवरजस्ती धर्म परिवर्तन गराउन खोज्ने प्रहरीको फन्दामा

काठमाडौं । जवरजस्ती धर्म परिवर्तन गराउन खोज्ने ३ जना राजधानीबाट पक्राउ परेका छन् । राजधानीको नागार्जन नगरपालिका सितापाईलास्थित चर्चमा लक्ष्मी भट्टराईलाई धर्म परिवर्तन गराउन खोज्न ३ तिन जनालाई प्रहरी नियन्त्रणमा लिईएको हो ।

पक्राउ पर्ने हरुमा कास्की मच्याङ्गकोट गाउपालिका वडा नं. ९ घर भई हाल नागार्जुन नगरपालिका वडा न. ४ सितापाईला बस्ने बर्ष ४१ कि सुमित्रा गौलि, कलकि बस्ने बर्ष ३६ कि राधिका महर्जन र जिल्ला चितवन भरतपुर माहानगरपालीका वडा न १६ घर भएका बर्ष बर्ष ४२ कि फुलदेवि भट्टराई रहेका छन् । घटना बैशाख १५ गते भएको र पिडित भट्टराईको हालसालै दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताईएको छ । जागिर लगाईदिने प्रलोभनमा जर्बजस्ती बाईबल सुनाएर धर्म परिवर्तन गराउन खोजेकोे प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको अनुसन्धान स्पिडितलाई जवरजस्ती धर्म परिवर्तन गर्न लगाएको भन्ने बिषयमा शुक्रबार किटानी जाहेरी परेको हुदा जाहेरीमा किटान गरिएका ३ जना महिला लाई पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतबाट सोही दिनदेखि लागू लागु हुने गरि दिन ७ को म्यादथप लिई अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी प्रभागले बताएको छ ।

धर्म परिवर्तन गराएमा मुलुकी ऐन, २०२० को अदलको महलको १ नं. मा अरुको धर्ममा खलल पर्ने गरी कसैले पनि कुनै धर्म परिवर्तन गर्न वा गराउन नपाईने सो कुराको उद्योग सम्म गरेको भएमा ३ वर्ष सम्म कैद हुने व्यवस्था रहेको छ ।