कृषि

गहुँ काट्ने थ्रेसर र चुलो हस्तान्तरण

बाजुरा । बाजुराको बडीमालिका नगरपालिका ३ र ६ का स्थानीयवासीलाई आइतबार सुधारिएको चुलो र गहुँ काट्ने थ्रेसर हस्तान्तरण गरिएको छ ।

३ नं वडा रजालीका धल्पुरी सामुदायिक संस्थाका २५ जना र ६ नं वडामा रहेको पानीनाउला सामुदायिक संस्थाका १९ जना घर परिवारलाई चुलो हस्तान्तरण गरिएको सहास नेपालका कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताए ।

नगरपालिकाभित्र रहेका महिलालाई खाना पकाउन सहज हुने भएकाले महिलालाई निकै प्रभावकारी भएको बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले बताए।

दुई महिनाअघि हस्तान्तरण गर्नुपर्ने चुलो र गहुँ काट्ने थ्रेसर प्राविधिक समस्याका कारण ढिलाइ भएको सहास नेपाल जेण्डर अधिकृत मीना शाक्यले उल्लेख गरे ।