राजनीति

अब कुनैपनि हालतममा काँग्रेस एकजुट भएर अघि बढ्छः नेता सिटौला

पाँचथर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब काँग्रेस एकजुट भएर अघि बढ्ने बताएका छन् ।

सदरमुकाम फिदिममा आज पार्टीका नेता कार्यकर्तासँगको छलफल तथा अन्तक्र्रियामा नेता सिटौलाले पार्टीभित्र फरक मत हुन सक्ने तर फरक मतलाई नेतृत्वले स्वीकार्नुपर्ने बताए ।

वर्तमान सरकारले नागरिकको पक्षमा चित्त बुझ्दो काम गर्न नसकेको भन्दै उनले मुलुकमा अहिले कानून बन्न नसकिरहेको र लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले काम गर्न नसकेको आरोप लगाए ।