खेलकुद

बिदाई गर्दै खेलाडीलाई प्रधानमन्त्रीले भनेः तपाईंहरु राम्रो खेल्नुहुन्छ भन्ने मलाइ थाहा छ

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले खेलमा सफलता प्राप्त गर्नका लागि आत्मबल उच्च बनाउनु पर्ने बताएका छन् । रसियाको मस्कोमा हुने १० देखि १६ मे माहुने स्टिकट चिल्डे«न फूटबल वल्र्ड कप २०१८ मा सहभागी हुन जाने खेलाडीहरुलाई आज बालुवाटारमा बिदाइ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“तपाईंहरु राम्रो खेल्नुहुन्छ भन्ने मलाइ थाहा छ” प्रधानमन्त्री ओलीले भने “शुभकामना छ खेल जीतेर आउनुहोस ।”प्रधानमन्त्री ओलीले अनुशासन सफलताको सुत्र भएकोले अनुशासनमा विशेष ध्यान दिन आग्रह गरेका छन् । “तपाईंहरुले सगरमाथाको देशलाई खेलको माध्यमबाट विश्मा पनि चिनाउनु हुनेछ भन्ने मैले विशवास लिएको छु ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई नेपालको झण्डा पनि वितरण गरेका छन् । सो खेलमाभागलिन नेपालबाट १५ जना १८ बर्ष मुनीका खेलाडी सहभागी हुदैछन् ।