आर्थिक

गभर्नर्स कप अन्तर बैंक फुटसल २०७५ को उपाधि एनआईसीले उचाल्यो

काठमाडौं । गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगिता २०७५ मा एनआईसी एशिया बैंकले प्रथम स्थान हासिल गरेको छ । १६ टोलीलाई पछि पार्दै एनआईसले प्रथम उपाधि आफ्नो पक्षमा पारेको हो । एनआईसीले विभिन्न खेलकुद प्रतियोगिताहरुमा आफ्नो सशक्त उपस्थिती देखाउदै आईरहेको छ ।

नेपाल राष्ट्र बैंकको ६३ औैं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्वारा आयोजना गरीएको यस प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता रहेको थियो ।

एनआईसी बैंक १९९ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

बैंकको वासलातको आकार रु १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १०९ अर्ब र कुल निक्षेप करिब रु. १३३ अर्ब पुगिसकेको छ ।