राजनीति

प्रधानमन्त्रीले फु गर्छु भन्ने भतिजा र अंकललाई दिए कडा दनक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रशका एक नेतालाई ‘भतिजा’को संज्ञा दिदैँ कडा जवाफ फर्काएका छन् । कांग्रेस नेता डा. शेखर कोइरालाले ओली सरकार फु गरेर ढाल्ने अभिव्यक्तीलाई स्मरण गरेका हुन् ।

आफू नेतृत्वको सरकार जनताको पूर्णविश्वास सहितको सरकार भएकाले भतिजाले फु गरेर सरकार ढाल्छु भन्नु मूर्खता भएको बताए । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मनमोहन अधिकारी नेतृत्वको एमाले नेतृत्वको सरकारलाई फू गरेर ढाल्ने चेतावनी दिएको बताउदैँ ओलीले भने, उहिले एकजना अंकलले कुनै सन्दर्भमा यो सरकारलाई फू गरेर ढाल्छु भनेका थिए, उनका भतिजाले त्यही शब्द प्रयोग गरेर यो सरकार ढाल्छु भनेछन् ।

यसैबीच, संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहको प्रधानमन्त्री ओलीले शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा रहेका सिन्डिकेट क्रमशः तोड्दै जाने बताए ।