पु.समाचार

सिन्डिकेटबारे गृहमन्त्री फेरि बोले !

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्लो समय चर्चामा रहेको सिण्डिकेटबारे अभिव्यक्ती दिएका छन् । गृहमन्त्री थापाले सिन्डिकेट अन्त्य गर्न सरकार कटिबद्ध रहेको र यसबाट रति पनि पछि नहट्न्े बताएका हुन् ।

आइतबार थापालाई भेट्न पुगेका उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिमण्डलसँगको कुराकानीमा भने, ‘सिन्डिकेट अन्त्य जरुरी होइन कि अनिवार्य छ भनेर यो कदम उठाएका हौं । हुन त, हिजो पनि प्रयास नगरेका होइनन् तर सफल भएनौं । पछाडि फर्क्यौ’ उनले भने, ‘अब यो निर्णयबाट पछाडि फर्कनु हुँदैन, यो छुट हामीलाई छैन ।’

सरकार जनताले दिएको आदेश अनुसार देशको विकास गर्ने पक्षमा रहेको र सिण्डिकेटको अन्त्य हुन नितान्त आवश्यक रहेको बताउदैैँ मन्त्री थापाले भने ‘सिन्डिकेट माथिबाट संरक्षण नभइ टिक्दैन त्यसकारण माथिदेखि नै करेक्सन गर्नुपर्ने देखिन्छ’ उनले थपे ‘नीति, निर्माताहरुबाट सिन्डिकेट तोड्न जरुरी छ ।’

देश दलाल, नोकरशाह र माफियाको हातमा रहेको भन्दै उनले जनताको हातमा ल्याउनुपर्ने अवस्था रहेको बताए ।