खेलकुद

फुटसलको उपाधि नेपाल लाइफ इन्स्योरेन्सको समूह ‘इ’ लाई

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको काठमाडौँ उपत्यकाव्यापी फुटसल प्रतियोगिताको उपाधि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको समूह ‘इ’ले हात पारेको छ ।

कम्पनीको १८औँ वार्षिकोत्सव तथा कर्मचारी युनियनको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा समूह ‘इ’ ले नेपाल लाइफ इन्स्योरेन्स समूह ‘सी’ लाई ६–४ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । समूह ‘इ’ को जीतमा नरेश थापाले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यस्तै समूह ‘इ’ कै विशाल गुरुङले दुई तथा रोशन दवाडीले एक गोल गरे । यता समूह ‘सी’ का लागि भने टीकाराम भट्टराईले दुई तथा किशोर तखाछे र जागृत घिमिरेले एक एक गोल गरे ।

आजै भएको अर्को महिलातर्फको फाइनल भिडन्तमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘डी’ले सोही कम्पनीको समूह ‘ए’ लाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो स्थान हात पा¥यो । प्रतियोगितामा पुरुषतर्फको उत्कृष्ट खेलाडीको उपाधि विशाल गुरुङले पाए भने उत्कृष्ट गोलरक्षकमा कृष्ण प्रधान चुनिए । त्यसैगरी सर्वाधिक गोलकर्ताको उपाधि भने नरेश थापाले पाए । उनले प्रतियोगिता अवधिभर १७ गोल गरेका थिए ।

त्यसैगरी महिलातर्फ उत्कृष्ट खेलाडी वन्दना ढुंगाना, उत्कृष्ट गोलरक्षक शान्ति शर्मा तथा सर्वाधिक गोलकर्ता उषा श्रेष्ठ चुनिए । यही वैशाख १८ गतेदेखि शुरु भएको प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलामा चार टोलीले प्रतिष्पर्धा गरेका थिए । विजेतालाई आयोजक कम्पनीका प्रमुख कार्यकारी निर्देशक विवेक झा एवं युनियनका अध्यक्ष बलराम खत्रीलगायतले पुरस्कार प्रदान गरे ।