समाचार

समातिएका दुई यातायात व्यवसायी छुटे

चितवन । दुईजना यातायात व्यवसायी बन्द, हडताल नगर्ने सर्तमा छुटेका छन् । चितवनबाट पक्राउ परेका छहारी यातायातका उपाध्यक्ष श्याम श्रेष्ठ र सहसचिव कृष्ण लामिछानेलाई आईतबार रिहा गरिएको हो ।

आइतबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहबरमा उनीहरुलाई छोडिएको बताईएको छ । हडताल नगर्ने र प्रालिमा दर्ता गरी यातायात सन्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए ।

गृहमन्त्रालयले आईतबार देशभरका सिडियोलाई यातायात व्यावसायीलाई कागजी सहमती नगरेसम्म नछोड्न निर्देशन जारी गरेको थियो ।