समाचार

राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग गणतन्त्र सर्बियाका प्रथम उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डेसिसले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरे ।

त्यस अवसरमा नेपाल–सर्बिया सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । भेटमा नेपाल र सर्बिया सरकारका उच्चपदस्थ अधिकारीका साथै नेपालका लागि उक्त मुलुकका गैरआवासीय राजदूतको उपस्थिति थियो ।