पु.समाचार

बिराटनगर माहानगरका मेयर पराजुली र ललितपुरका महर्जनबीच भेटवार्ता

काठमाण्डौ । ललितपुर र बिराटनगरका मेयरहरुबीच आपसी हित र बिकास निर्माणका बिषयमा छलफल भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीबीचमा आज ललितपुरस्थीत कार्यालयमा उक्त छलफल भएको हो ।
भेटघाटमा ललितपुरका मेयर महर्जनले बिराटनगरले आफूसंग भएको अनुभब, क्षमता लगायतका कुराहरु ललितपुरसंग सेयर गर्नुपर्ने र ललितपुरले पनि उक्त आफ्ना अनुभब र क्षमताहरु सेयर गर्ने बताएका थिए ।

बिराटनगरका मेयर पराजुलीले स्थानीय तह संचालन गर्न स्थानीय तहका अधिकारहरुको संरक्षण गर्दै दर्बिलो भएर प्रस्तुत हुंदै अगाडी बढ्न देशभरका स्थानीय तहहरु नगरपालिका संघमार्फत एकजुट हुँदै अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
गत स्थानीय तहको निर्बाचनमा दुबै मेयर नेपाली काँग्रेसबाट बिजयी भएका थिए ।