मनोरञ्जन

‘मिस्टर आर जे’ ले कसलाई भने ‘अरे भाई चुप लाग’ ?(भिडियो)

काठमाडौं । छोटो समयमा नेपाली संगीतमा बेग्लै छवी बनाएका र्‍यापर राजेन्द्र भट्ट मिस्टर आर जे को नयाँ गीत बजारमा आएको छ । मिस्टर आर जे को अरे भाई बोलको गीत लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो । उनले उक्त भिडियो गीत मिस्टर आर जे नामको युट्युब च्यानलबाट दर्शकमाझँ पस्केका छन् ।

गीतमा स्वर,शब्द आर जे कै रहेको भने अभिनय अनी आफै, सन्दिप, सोना लगायतको रहेको छ । म्युजिक भिडियो राम्रो बनेकाले दर्शक स्रोताले मन पराउने अपेक्षा गरिएको छ ।

पछिल्लो समय उनी व्याक टु व्याक हिट गीतहरु दर्शक सामु ल्याईरहेका छन् । उनलाई हिजो आज देश विदेशका स्टेज कार्यक्रममा भ्याई नभ्याई छ । उनले नेपालका हिट फिल्मका गीतमा समेत आफ्नो र्‍याप प्रदर्शन गरिसकेका छन् ।

भिडियो:-