समाचार

चित्रबहादुरले सयौं मन्त्रीलाई हाने झटारोः संघीयताको नाममा तलब भत्ता झ्वाम पारे

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई कडा झटारो हानेका छन् । नेपालीले विदेशबाट पठाएको रेमिट्यान्सले देश चलेको भन्दै सयौँ मन्त्रीलाई विदेशमा काम गर्ने नेपालीले पालेको अभिव्यक्ती दिएका हुन् ।

संघीयताको नाममा तलब भत्ता झ्वाम पारिहरको आरोप लगाउदै पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले विदेशबाट रेमिट्यान्स नआए देशै ठप्प हुने प्रतिक्रिया दिएका छन् । युएई नेपाली एकता समाजले शुक्रबार दुवईमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले भने, ‘एमाल माओवादी मिलेर गएको चुनावमा कांग्रेसलाई भित्तामा पुर्‍याएर राम्रो गरेकोले वाम एकताका लागि पद नमिलेर अलमल गर्न हुँदैन ।’