पु.समाचार

देशभरका सिडिओलाई गृहमन्त्रीको ताकेता: यातायात व्यावसायीले कागज गरे मात्रै छोड्नु

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पक्राउ परेका यातायात व्यवसायीबारे देशभरका सबै अर्थात ७७ प्रमुख जिल्ला अधिकारीलाई ताकेत गरेका छन् । याताया व्यावसायीले सरकारलाई सहयोग गर्ने कागज गरे मात्रै छोड्न नभए मुद्दा चलाउन देशभभरका सिडियोलाई निर्देशन दिएका छन् ।

शुक्रबार र शनिबार देशभरिबाट पक्राउ परेका यातायात व्यवसायी महासंघका अध्यक्षसहितलाई ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु’ भन्ने कागज गराउन गृहमन्त्रीले भनेका र नमाने यातायात व्यावसायीलाई नछोड्न आदेश दिईएको हो ।

‘यस्तो कागज गर्न नमाने मुद्दा चलाउनू,’ गृहमन्त्रीले भनेका छन् । शुक्रबार र शनिबार प्रहरीले देशभरिबाट ९३ जना यातायात व्यवसायीलाई पक्राउ गरेको थियो ।