समाचार

कांग्रेशतिर संकेत गर्दै दाहालले भनेः ‘प्रतिपक्ष होईन सत्तापक्ष’ बन्नुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेश लगायत प्रतिपक्ष दललाई सत्तापक्ष बन्न आग्रह गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले मुख्यतः कांग्रेशतर्फ संकेत गर्दै अब सबै दलएक ठाउँमा उभिएर देश बनाउन पर्ने बताएका हुन् ।

नेपाल पत्रकार महासंघ प्रदेश ४ को नवनिर्वाचित नेतृत्वको आइतबार आयोजित पदस्थापन कार्यक्रमलार्इ आईतबार पोखरामा सम्बोन गर्दै प्रचण्डले विकास, समृद्धि र स्थायित्वका लागि सबै दल विभाजित नभएर एक हुनुपर्ने तर्क गरेका थिए । उनले भूकम्पपछि देश संकटमा परेको बेला आफूले सत्तापक्ष र प्रतिपक्षबीचको खाडल भत्काएको दाबी समेत गरे ।

‘अहिले पनि सत्तापक्ष र प्रतिपक्ष विभाजित हुनुहुँदैन,’ प्रचण्डले भने, ‘विकास, समृद्धि र स्थायीत्वको लागि सबै सत्तापक्ष हुनुपर्छ र यसमा सबै आउनुपर्छ ।’

उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न सक्ने खालका शब्दहरु कतै प्रयोग गर्न नहुने धारणा समेत राखे । ‘प्रेस स्वतन्त्रतालाई कुठित गर्न सक्ने ईफ, बट, वा, तर, यदिलगायतका शब्द राख्न हुन्न भन्ने पक्षमा म छु,’ उनले भने, ‘यसले भविष्यमा प्रेस स्वतन्त्रतामा अंकुश लगाउने ठाउँ दिन सक्छ ।’

मिडिया शक्तिशाली भएको बताउदैँ दाहालले भने, राजनीतिक दललाई चेक एण्ड ब्यालेनसमा राख्न प्रेसले ठूलो भूमिका खेल्छ, प्रेस आग्रह पूर्वाग्रहका आधारमा चल्नुहुदैँन् ।