समाचार

हुन्डी कारोवारी न्यूरोडबाट पक्राउ पर्दा बसुन्धराबाट ३ राउन्ड गोलीसहित पेस्तोल फेला

काठमाडौं । राजधानीको न्यूरोडबाट हुण्डी(समानान्तर बैकिङ कारोबार) कारोवारी पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा हुण्डीको कारोबार गर्ने बिपिन उप्रेतीलाई पक्राउ परेको हो ।

२४ बर्षीय उप्रेतीलाई शंकास्पद रुपमा झोल बोकी हिडिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

फेला पारी निजले बोकेको झोला चेकजाँच गर्दा नगद  १० लाख ४० हजार बरामद भएको छ भने मोबाईल समेत चेकजाच गर्दा हाल सम्म ३३ लाख रुपैँया सम्मको कारोबार भएको र उक्त कारोबारको मुख्य कारोबारी रमेश सिबाकोटी भन्ने खुल्न आएको प्रहरीले बताएको छ । थप अनुसन्धान अगाडी बढाएको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ ।

यस्तै, राजधानीको बसुन्धरास्थित गाडीमा एक थान पेस्तोल फेला परेको छ । चेकजाच गर्ने क्रममा गाडीको सिटमा ३ राउन्ड गोली सहित अटो युएसए पेस्तोल फेला परेको हो । यससम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।