सामाजिक सञ्जाल

प्रधानमन्त्री मोदीले यो के गरे ? जिउदैँलाई श्रदाञ्जली !

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली दिएका छन् । यस्तो सुन्दा तपाईलाई अचम्म लाग्ला ।

बिहारको मोतिहारीमा हालै भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै मोदीले ट्वीटरमार्फत् दुःख व्यक्त गर्दै दिवंगत व्यक्तिहरुलाई श्रद्धाञ्जली दिए । वास्तवमा सो दुर्घटनामा कसैको पनि मृत्यु भएको थिएन तर, २७ जनाको मृत्यु भएको भनेर हल्ला फैलियो ।

त्यो सूचना आएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले मात्रै होइन, बिहारका मुख्यमन्त्री नितिश कुमार, उपमुख्यमन्त्री सुशील कुमार मोदी र पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवलेसमेत दुर्घटनामा मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गरे ।

बिहारको मुजफ्फरपुरबाट दिल्ली जाँदै गरेको बस बिहीबार पूर्वी चम्पारण जिल्लाको कोटवा थाना क्षेत्र दुर्घटना भएको थियो । भारतीय एक मिडियामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै प्रधानमन्त्री मोदीदेखि सर्वसाधारणसम्मले दुःख व्यक्त गर्न सुरु गरेका थिए ।

कसैको मृत्यु नभइ प्रधानमन्त्री र प्रदेशका मूख्यमन्त्री सहितले श्रद्धाञ्जली दिएको प्रति सामाजिक सञ्जालमा विभिन्न व्यङगमार्फत उडाईइकोे छ । -बिबिसी हिन्दीको सहयोगमा