काठमाडौं । अभियोगमा पक्राउ परेका सांसदको पद निलम्बन नहुने व्यवस्था गर्न लागेको प्रती नेपाल तरुण दलले गम्भीर आपत्ती जनाएको छ । एक विज्ञप्ती जारी गर्दै तरुण दलले सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।
तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, लोकतन्त्रमा सांसद र जनताका लागि फरक कानुन हुनु हुदैन, यो सुशासन र लोकतन्त्र बिरोधि व्यवस्था हो ।
यस्ले लोकतान्त्रिक मूल्य मान्यता को खिल्ली उडाएको छ, ध्यानाकर्षण गराउदैँ विज्ञप्ती मा अघि भनिएको छ, अपराधी लाई उन्मुक्ति दिने खालको कानुन फिर्ता लिन यो बिसय सङ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउदछौँ ।