शिक्षा

‘मनमैजु’ जात्रा हिम रश्मी हाइस्कूलको पाठ्यक्रममा समावेश हुने

काठमाडौँ । ‘मनमैजु’ जात्रा हिमरश्मी हाइस्कूलको पाठ्यक्रममा समावेश हुने भएको छ । ब्रिटिस काउन्सिलले सञ्चालन गरेको आइएसए ९इन्टरनेसनल स्कूल अवार्ड प्रोजेक्टअन्तर्गत सञ्चालन भएको पाठ्यक्रमले सो जात्राको ऐतिहासिक महत्वलाई जगेर्ना गर्न मद्दत गर्नेछ । देशका ४६ वटा स्कूलमा ब्रिटिस काउन्सिलद्वारा आइएसए प्रोजेक्ट चलिरहेको छ ।

ऐतिहासिक महत्वको स्थानीय पर्वलाई विद्यालयको पाठ्यक्रममा समावेश गराएर नयाँ पुस्तालाई त्यसबारे जानकारी गराउनु प्रशंसनीय कार्य भएको कुरा संस्कृतिविद् न्हुछेमान डंगोलले बताए ।

सो जात्राको बारेमा उक्त स्कूलको २० प्रतिशत पाठ्यक्रममा समावेश गरिनेछ ।

विद्यार्थीले गरे मनमैजु जात्राको प्रस्तुति

यसैबीच, हिम रश्मी स्कूलका विद्यार्थीले एक कार्यक्रमबीच मनमैजु जात्राको प्रतिरूप प्रस्तुत गरेका छन् ।

मनमैजु जात्रा काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित मनमैजु मन्दिरसँग सम्बन्धित छ । यो जात्रा ऐतिहासिक लिच्छवी राजा गुण कामदेवको पालादेखि इन्द्रायणी देवीका रूपमा मानिएको मैजु माईको सम्झनामा शुरू गरिएको हो ।

ऐतिहासिक जात्राको प्रस्तुति गर्नुअघि विद्यार्थीले मनमैजु क्षेत्रको अवलोकन स्रोत व्यक्तिहरूसँग भेटघाट गरी जात्राको प्रक्रियाबारे विस्तृत अध्ययन गरेका थिए ।

ब्रिटिस काउन्सिलले सञ्चालन गरेको आइएसए प्रोजेक्टअन्तर्गत पाठ्यक्रममा तोकिएको २०५ पाठ्यक्रमको हिस्सा पूरा गर्न यस स्कूलमा अध्ययनरत कक्षा ५ का विद्यार्थीले मनमैजु जात्राको बृहत् अध्ययन गरी जात्राको विशेष प्रस्तुति तयार गरेका थिए ।

ऐतिहासिक महत्वको स्थानीय पर्वलाई विद्यालयको पाठ्यक्रममा समावेश गराएर नयाँ पुस्तालाई त्यसबारे जानकारी गराउनु प्रशंसनीय कार्य भएको संस्कृतिविद् न्हुछेमान डंगोलले बताए ।