मनोरञ्जन

चीनमा ‘बाहुबली २’ ले गर्यो कमाल, रेकर्ड तोड्दैँ

काठमाडौं । शुक्रबार चीनमा रिलिज भएको ‘बाहुबली २’ले रिलिजको पहिलो दिनमै आफ्नो अघिल्लो श्रृखंलाको व्यापारिक रेकर्ड तोडेको छ । दोस्रो श्रृखंलाले तोडेको रेकर्ड बाहुबलीले चीनमा गरेको कमाइ भन्दा बढि हो ।

फिल्मको अघिल्लो श्रृखंलाले जम्मा ८ करोड भारू बराबारको कमाइमात्र गर्न सकेको थियो । भारतीय फिल्म व्यापार विश्लेषक रमेश बालाले शुक्रबार ट्वीट गर्दै सोको जनकारी दिएका हुन् ।

ट्वीटका अनुसार आमिर खानको दंगल’भन्दा बढी पर्दाहरू ‘बाहुबली २’ले पाएको छ । फिल्म सात हजार पर्दामा लागेको छ । ‘दंगल’ चिनियाँ वक्स अफिसमा सर्वाधिक सफल भारतीय फिल्म हो ।

चीनमा मात्रै उसले १२ सय करोड भारूको कमाइ गरेको थियो जसको गठजोडले ‘दंगल’को कमाइ २ हजार करोड भारू पुगेको छ ।

‘बाहुबली २’ले विश्वव्यापीरूपमा हालसम्म १७ सय करोड कमाइ गरिसकेको छ र उसले चिनियाँ फिल्म बजारमा थप मेहेनत गरेमा सर्वाधिक विश्वव्यापी व्यापार गर्ने फिल्म बन्नेछ ।

बिहिबार ‘बाहुबली २’ले ६५ औं राष्ट्रिय अवार्डमा चर्चित फल्म सहित ३ विधामा अवार्ड जितेको छ । -एजेन्सी