देश

आगलागी पीडितलाई राहत दिन मुख्यमन्त्रीको टोली मुगुमा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आगलागी पीडितका लागि राहत सामग्री लिएर मुगु जानु भएको छ ।

मुगुमा कार्मरोङ्ग गाउँपालिका–४ किम्रीका बिहीबार भएको आगलागीबाट १७ घर जलेर क्षति भएको तथा ११२ जना आगलागीबाट प्रभावित भएका थिए ।

गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट त्रिपाल ३४ वटा, स्लिपिङ्ग ब्याग ११२, कमल ५१, बृद्धबृद्धाका तथा बालबालिकाका लागि ज्याकेटलगायत सामग्री लिएर उनी आज त्यसतर्फ गएका मुख्यमन्त्रीका प्रेस सल्लाहाकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।

केन्द्रीय सरकारको राहतसँगै उहाँले कर्णाली प्रदेश सरकारका तर्फबाट पनि खाद्यान्नलगायत सामग्री लिएर गएका छन् ।