समाचार

धमाधम नयाँ बसपार्कको टिकट काउन्टर हटाईयो, कर्मचारीको भागाभाग(भिडियो)

काठमाडौं । राजधानीको एक मात्रै व्यवस्थित नयाँ बसपार्कमा रहेका विभिन्न यातायात समितिका टिकट काउन्टरहरु हटाईएको छ । शुक्रबार सरकारको निर्णयपछि ती टिकट काउन्टरहरु हटाईएका हुन् ।

बसपार्क व्यवस्थापनको जिम्मा एक निजी कम्पनिलाई निर्देशन दिईपछि प्रहरी परिचालन गरि काउन्टरहरु हटाईएका छन् । बसपार्कभित्र प्रवेश गरेपछि काउन्टरमा बसेका कर्मचारीको भागाभाग भएको थियो ।

काउन्टरहरु हटाउनेक्रमा हुनसक्ने झडप मध्यनजर गर्दै महाराजगन्ज प्रहरी वृत्तका डीएसपीको नेतृन्वमा दुई ट्रक प्रहरी परिचालन गरिएको थियो ।

विभिन्न संघ तथा समितिका ५० ओटा काउन्टरहरु र बोर्ड हटाइएको छ भने कम्पनीअन्तर्गत्का २३ ओटा काउन्टरहरु भने यथाव राखिएको जनाइएको छ ।
बसपार्क व्यवस्थापनको जिम्मा ल्होत्से बहुउद्देश्यीय प्रालिलाई दिईएको छ ।