अन्तर्राष्ट्रिय

६.१ रेक्टरस्केलको शक्तिशाली भूकम्प

मनिला । फिलिपिन्समा शनिबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्थाले उक्त जानकारी दिएको छ ।

स्थानीय समयानुसार २ः१९ बजे शनिबार अपराह्नमा आएको यस भूकम्प ५।९ म्याग्नीच्युडको मात्र भएको फिलिपिन्सका अधिकारीले जानकारी दिएका छन् ।

यस भूकम्पमा हालसम्म मानवीय र सम्पत्तिको क्षतिको कुनै विवरण प्राप्त नभएको र यस विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

भूकम्पको केन्द्र विन्दु राजधानी मनिलाबाट ३१० किलोमिटर पूर्वमा रहेको स्थानको आपपास नै १७.९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । रासस÷एएफपी