राजनीति

एमाले र माओवादी हाईड्रोजन र अक्सिजनः दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टी आजको आवश्यकता भएको बताएका छन् । कार्ल माक्र्स द्धिवीशतबार्षिकीको अवसरमा पोखरामा बोल्दै युगले मागे अनुसार पार्टी एकता भएरै छाड्ने बताएका हुन् ।

पार्टी एकतापछि दुवै पार्टीको नाम हराउने भन्दै उनले भने, ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । हाम्रो एकता त्यस्तै हो ।’ एमाले र माओवादीको निरन्तरता नभै नयाँ पार्टी आजको आवश्यकता हो ।

मदन भण्डारीको ठूलो त्यागलाई सम्झिदैँ उनले अघि भने, ‘तर मदन भण्डारीले मनमोहन अधिकारीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनाउने सर्तमा भएपनि एकता गर्नुपर्छ भनेर अगाडि बढे । भयो पनि त्यहीं ।’