समाचार

साढे ३३ किलो सुनकाण्डः खत्रीका बडी गार्डलार्ई हत्कडी

काठमाडौं । ३३ किलो सुन प्रकरणमा मुछिएका फरार प्रहरी हवल्दार समातिएका छन् । एसएसपी श्यामबहादुर खड्काको बर्डीर्गा रहेका उनलाई शुक्रबार साझ पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले हवल्दार अम्मरबहादुर थापा मगरलाई पक्राउ गरेको छ ।

प्रहरीले थापालाई आइतवार जिल्ला अदालत मोरङमा उपस्थित गराउँदैछ। सुन प्रकरणमा मोरङ प्रहरीले विभिन्न चारवटा अपराधमा ६३ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ।

घटनामा संलग्न मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित ३३ जना अझै फरार छन्। उनीहरु विरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बराबर विगो माग दावी गरिएको छ।

एसएसपी श्यामबहादुर खत्रीका बडी गार्ड रहेका थापाले विमानस्थलबाट तस्करले सुन भित्र्याउँदा छेउबाट स्कर्टिङ गर्ने गरेको प्रतिवादी विष्णु बहादुर खड्काको बयानमा उल्लेख छ।