देश

त्रिभुवन विमानस्थलबाट आयो यस्तो खबर !

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल केही समयका लागि अवरुद्ध बनेको छ । धावन मार्गमा समस्या आएपछि उडान केही बेरका लागि रोकिएको हो ।

धावन मार्ग चर्किएपछि विमानस्थल अवरुद्ध भएको विमानस्थलले जनाएको छ । धावनमार्ग चर्किएपछि आन्तरिक तथा बाह्य उडान रोकिएको छ । चर्किएको धावनमार्ग पुर्ने काम शुरु भएको छ ।

अवरुद्ध विमानस्थलमा नियमित उडान हुन केही समय लाग्ने जनाइएको छ ।