स्वास्थ्य

राष्ट्रपतिले डा देवकोटालाई भेट्न पुगिन् अस्पताल, शीघ्र स्वास्थ्य लाभको कामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।

पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी आज बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी हुृन् ।

राष्ट्रपति भण्डारीले डा देवकोटासँग संक्षिप्त कुराकानी समेत गरेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । भेटका क्रममा राष्ट्रपति भण्डारीले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।

बेलायतको एक अस्पतालमा उपचारका लागि पुगेका डा देवकोटा केही दिनअघि मात्रै स्वदेश फर्केका हुन् ।