पु.समाचार

विप्लबको नेपाल बन्द: गौरीगंगामा बम विस्फोट, बसमा आगजनी

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ ।

सो विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

यसैगरी धनगढी उपमहानगरपालिकाको पुरवार आयल स्टोर नजिकको सडकमा फेला परेको बम जस्तो शंकास्पद बस्तु ९नक्कली बम० लाई नेपाली सेनाले आज ‘डिस्पोज‘ गरेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि नगरबासीमा सन्त्रास फैलिएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले आज आह्वान गरेको भनिएको बन्दका क्रममा यी घटना भएका हुन् । शुक्रबार साँझ धनगढीमा मसाल जुलुस प्रदर्शन गर्ने विप्लव नेतृत्वको माओवादी समर्थित मनु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बन्दका कारण यातायात, उद्योग व्यवसाय ठप्प रही जनजीवन प्रभावित भएको छ ।

त्यस्तै, मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ ।

बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको मे१च ७८१५ नंको गाडी (पिकअप) मा इलाम नगरपालिका–४, पुवाखोला नजिकै आगजनी गरिएको प्रहरीले जनाएको छ ।

बिहान राजमार्ग छेउको जंगलबाट निस्किएका पाँच सात जनाको समूहले गाडीमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।