राजनीति

मोदीको नेपाल भ्रमणको नालीबेली

काठमाडौं । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको औपचारिक कार्यकतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्री पूर्ण निमन्त्रणामा मोदी यही बैशाख २८ गते नेपाल ओर्लने भएका हुन् ।

मोदी जनकपुर भएर काठमाडौंको टुडीखेलमा बिशेष समारोहका बीच स्वागत गरिने कार्र्यतालिका रहेको छ । मोदीको नेपाल भ्रमणको बिषय हट बनिरहेका बेला भ्रमणको तयारी पनि तिब्र पारिएको छ ।

उनले जनकपुर र मुक्तीनाथ भ्रमण गर्ने कार्यतालिका छ । मोदी आउने भएपछि जनकपुुर र मुक्तिनाथमा सडक सरसफाई लगायत कामलाई तिब्रता दिईएको छ

भ्रमणअवधिमा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मोदीको नेपाल भ्रमण राजनीतिक सन्धि सम्झौता भन्दा पनि धार्मिक भ्रमणको रुपमा हेरिएको छ । भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गर्नेछन् ।

मोदीलाई जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन दिईने बताईएको छ । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो ।