उर्जा

जेठबाट उर्जा मन्त्रालयले गर्दैछ यस्तो कमाल !

काठमाडौं । आगामी जेठबाट मुलुकभरका सम्पूर्ण औद्योगिक क्षेत्र लोडसेडिङमुक्त हुने भएका छन् ।

यसअघि घरायसी प्रयोगमा मात्रै लोडसेडिङ मुक्त हुँदै आएकोमा अब सबै औद्योगिक क्षेत्रको समेत लोडसेडिङ हटाउने तयारी सरकारले गरेको छ ।

गर्मी बढेर हिउँ पग्लन सुरु भएसँगै औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउने तयारी भएको उर्जा मन्त्रालयले जनाएको छ ।

घरेलु उपभोक्ताका लागि गत बर्षदेखि लोडसेडिङको अन्त्य भए पनि सरकारी औद्योगिक क्षेत्रबाहेक अन्य औद्योगिक क्षेत्रमा अझै लोडसेडिङ भइरहेको छ ।

उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले अब छिट्टै सबै औद्योगिक क्षेत्रको लोडसेडिङ पूर्ण रुपमले हटाउनेगरी तयारी भइरहेको बताए ।

लोडसेडिङ हटाउन माग र आपूर्तिको बीचको व्यवस्थापन गर्न सबै विकल्पको प्रयोग गरेर यो तयारी हुन थालेको उनले बताए । (राजधानी दैनिकबाट