सामाजिक सञ्जाल

गोरेकी पत्नीले यसरी पुर्याउदैछिन् सुन तस्करीको नजिक प्रहरीलाई, भईन सामाजिक सञ्जालमा भाईरल

काठमाण्डौ । अन्तर्राष्ट्रिय बिमानस्थलबाट हराएको ३३ किलो सुन प्रकरणले नेपाल प्रहरीका उच्चपदस्थ कर्मचारीदेखी अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीको समेत होस हवास उडाएको छ । उनीहरु एकपछि अर्कोगरी पक्राउ तथा छानविनको प्रकृयामा परीरहेका छन । यस प्रकरणले लहरो तान्दा पहरो गर्जन सक्ने भने झै विभिन्न राजनीतिक शक्ती केन्द्र समेत आसंकाको घेरामा पर्न थालेका छन् ।

पछिल्लो अवस्थामा सरकारका महान्यायधिवक्ता अग्नी खरेल र सुन प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती (गोेरे)की पत्नी निरु खरेल (नर्मदा)सगै खिचेको तस्वीर सामाजिक संन्जालमा भाइरल भएको छ । मुख्य अभियुक्त उप्रेतीकी पत्नी निररुलाई प्रहरीले अभियुक्त सूचिमा राखेको छ ।

पूर्बकानून मन्त्री समेत रहेका महान्यायधिवक्ता अग्नी खरेलले नै अभियुक्तको सूचिमा राखीएका ब्यतिसग खिचिएको फाटो शार्वजनिक हुनुले सबैलाई आश्चर्य बनाएको छ । फोटो कहिले खिचिएको खुल्न नसके पनि अभियुक्त शक्तीसाली ब्यतिको पहुंचसम्म पुग्न सहजै सक्ने कुरामा कुन आसंका गर्ने ठाउँ नरहेको यस तस्वीर प्रकरणले पनि अनुमान गर्न सकिन्छ ।

पछिल्लो समयमा मूख्य योजनाकार समेत रहेका गोरेकी पत्नी नर्बदाको फोटो सामाजिक सञ्जालमा भाईरल नै बनेको छ । गोरेको नेतृत्वमा ३८ सय कुईटेल सुन तस्करी भएको प्रहरी प्रतिबेदन भएपनि गोरे अहिलेसम्म फरार छन् ।
बेलायती नागरीक चाल्र्स शोभराजले भनेजस्तै एयरपोर्टबाट हात्ति छिराउने बताएजस्तै देखिएको छ, ३ बर्षमा सयौं किलो सुन तस्करी हुनु ।

जनताको जिउधनको सुरक्षा दिने अभिभारा बोकेको नेपाल प्रहीका उच्च ओहदाका प्रंहरीसमेत तस्करसंग मिलेर तस्करी गर्नु राम्रो देखिएको छैन । पत्नी नर्बदाका कारण प्रहीले अन्य माथिलले स्तरका राजनीतिज्ञलाई समेत तान्ने अनुमान समेत लगाउन थालिएको छ ।