खेलकुद

कराते च्याम्पियनसिप टोली जापानतर्फ

काठमाडौँ । जापान कराते महासंघको आयोजनामा हुने १७औँ एकेएफ जुनियर तथा क्याडेट यू–२१ कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज जापानतर्फ प्रस्थान गरेको छ ।

यही वैशाख २४ देखि ३० गतेसम्म ओकिनावा शहरमा हुने उक्त च्याम्पिसिपमा नेपालका चार खेलाडीले प्रतिष्पर्धा गर्नेछन् जसमा नवीन रसाइली, राजीव पुडासैनी, अस्तिर राई र विजय श्रेष्ठ छन् । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको उक्त टोलीका प्रशिक्षकमा धुव्रविक्रम मल्ल छन् ।

सोही अवसरमा हुने रेफ्री कोर्षमा सहभागी हुन विशन मोते, बलराम मित्र, विसनसिंह खड्का र श्याम शेर्पा पनि टोलीसँग जापान गएका छन् । जापान प्रस्थानअघि उपाध्यक्ष लाखेले एसियाडअघि हुन लागेको सहभागिता नेपालका लागि राम्रो अवसर रहेको बताए ।