स्वास्थ्य

तपाईलाई लास्टै गोरो हुने मन छ ? यो पढ्नुहोस्

काठमाडौं । टिभी, पत्रिका अनि रेडियोमा हामीले धेरैजसो गोरो र चम्किलो छालाका लागि आएका कसमेटिक्स सामानहरुका विज्ञाजन देख्दै अनि पढदै सुन्दै आएका छौ । के सुन्दरता त्यती महँगो छ त ? परापुर्वकालमा अदभुत सुन्दरिहरु यी व्यवसाहीक अनि प्रशोधीत उत्पादन बिनानै के कारणले त्यति सुन्दर थिए त ?

बास्तवमै प्रकृतीमा धेरै कुराहरु लुकेको छ अनि प्राकृतीक कुराहरुको उपयोग गर्नाले हामी सजिलै स्वस्थ र सुन्दर बन्न सक्दछौ । आउनुहोस आज हामी तपाईको सुन्दरताका लागि केही घरेलु गोरोपनाका अचुक उपायहरु राख्न चाहन्छौ ।

फेरि सुन्दरता र गोरोपनालाई केवल नारीसौन्दर्य सँग मात्र हेरिनु पनि हुँदैन् है । आखिर पुरुषहरुलाई पनि राम्रो देखिन र स्वस्थ रहन त्यतीनै जरुरी छ जति नारीलाई छ । आउनुहोस एउटा औसत नेपाली भान्सामा बनाउन सकिने घरेलु सुन्दरताका विधीहरु प्रस्तुत गर्दछौ, नियमीत यपयोग गरिएमा फरक आँफै देख्न सकिन्छ ।

अनुहारमा लगाउने लेप बनाउने सहज विधीहरु

१ः लगभग संसारभरि अनि नेपालमा पनि सबैतिर पाईने फलफुल मध्य एउटा हो काँक्रो । काँक्रोको स्वस्थ अनि सौन्दर्यका हिसाबले प्राचीनकालदेखि नै महत्वपूर्ण उपयोग हुँदै आएको छ । आउनुहोस् यसै काँक्रोको उपयोग गरेर अनुहारमा लगाउने सरल लेप बनाउने गोप्य विधीको चर्चा गर्दछौ ।

सर्वप्रथम हरियो काँक्रोका केही टुक्राहरुलाई मिक्सचरमा राखेर ग्राईन्ड गर्नुहोस् अनि त्यो झोलमा केही मात्रामा दुध हाल्नुहोस् । यसरी दुध र काँक्रोको लेपनलाई दिनँहु बनाएर अनुहारमा लेप लगाउने गरेमा अनुहारको छालाको कालो र मरेका तन्तुहरु हटाउने, कोमल बनाँउने, अक्सिजीनेट गर्ने र छालालाई स्वच्छ र सुन्दर बनाउने प्रमाणीत तथ्यहरु हुन् ।

२ः अब अर्को सरल विधीको चर्चा गर्न चाहयौ । यसका लागि केवल एउटा कागति, केही नुन र हर्दि अर्थात धुलो बेसार चाहिन्छ । सामान्यतया नेपाली भान्सनहरुमा यी कुराहरु दिनँहु हुनेगर्दछन् । कागतिलाई दुईटा बरावर भागमा काटेपछि काटिएको भागमा केही चिम्टी नुन र हर्दिको धुलो हालेर कागतीलाई सुस्तरि निचोर्दै अनुहारमा दल्न पर्दछ ।

यसरी नियमित यो लेप लगाउने गरेमा पत्याउन नसकिने गोरोपना र मुलायम अनुहार हुने उल्लेख गरिएको छ । सबैभन्दा गज्जबको कुरा त के छ भने यस्ता घरेलु विधीहरुको प्रयोगले कुनै साईड एफेक्ट गर्दैन ।

दुई या तिन मिनेटसम्म अनुहारमा कागतिले मसाज गर्नुहोला, आँखावाट भने जोगाउनुहोला यो लेपलाई । यसरी लेप लगाएको २० देखि २५ मिनेटसम्म राखेपछि राम्ररी अनुहार सफा पानीले धुनुपर्नेछ ।

३ः नुनको प्रयोगले कसरी अनुहारको छाला राम्रो बनाउन सकिन्छ आउनुहोस् कुरा गरौ । नुनमा एन्टीव्याक्टोरीयल र क्लीन्जीगं गुणहरु हुन्छन् । यसले गर्दा अनुहारको छालाका फोहोर तन्तुहरु हटाउने र व्याक्टोरीया वाट जोगाउने काम पनि नुनले गर्दछ है ।

गज्जबको कुरा त के छ भने हामीम्य धेरैजना डन्डीफोरको समस्याले तनावमा भएर धेरै अस्पताल र क्लीनीक धाएका छौ तर घरमै भएको नुनको प्रयोग गर्नाले सजिलै हाम्रो डन्डीफोर कसरी क मगर्न सकिन्छ त्यो पनि आज चर्चा गर्दछौ ।

एक चम्चा नुनमा थोरै पानी मिसाएर गाढा पेस्ट बनाउनुहोस् र त्यसै पेस्टले अनुहारमा बिस्तारै स्क्रब गर्नुभएमा छालाको गहिराईसम्म सफाई गर्दछ ।

गहिरो सफाई भएपछि अनुहारमा चमक आँउदछ र सुन्दर देखिन मद्धत गर्दछ । यसरी नुनको पेस्ट स्क्रब गरेको १० या १५ मिनेटमा अनुहारलाई सफा पानीले धुन पर्दछ । स्मरण रहोस् यदि अनुहारमा घाउ या कुनै चोटपटक छ भने यो विधी उक्त घाउ निको नभएसम्म प्रयोग नगर्नुहोला ।