विचित्र संसार

हाम्रै नेपालमाः छोराले पिताको घाटी रेटे अनि फेविकोलले जोड्ने प्रयास गरे

काठमाडौं । आफैले बाबुको घाटी रेटेर आफैले फेवीकोलले जोड्ने प्रयास गरेको छोरा । तपाईलाई विश्वास नलाग्ला तर घटना साचोँ र नेपालकै हो । भैरहवामा बाबुमाथि छोराले गरेको यस्तै हर्कत प्रकाशमा आएको हो ।

ती छोराले पहिले आफ्ना पिताको गला धारिलो हतियारले काटे त्यसपछि फेविकोल लगाएर जोड्ने प्रयास गरे । पिताको चित्कार बाहिर नजाओस् भनेर उनले टिभीको आवाज ठूलो बनाए । तर, यसरी जोडेर पनि पार नलागेपछि उनी पितालाई घरमै बन्द गरेर भागे ।

भारतको गोरखपुरमा सोनहा थाना क्षेत्रमा पर्ने दरियापुरमा यस्तो घटना भएको हो । यहाँका ६५ वर्षका रामदेव मिश्र रेलवेका रिटायर्ड कर्मचारी हुन् । शनिबार रामदेव आत्तिएर कराउको आवाज सुनेपछि छिमेकीले गाउँका प्रधानमलाई यसबारे जानकारी दिएका थिए । घटनास्थलमा आफ्ना सहयोगीहरुसँग पुगेका प्रधानले प्रहरीलाई खबर गरे । प्रहरीले घरको ढोका फोरेर भित्र हेर्दा सबै चकित परे ।

रगतले लत्पतिएका रामदेव जमिनमा लडेका थिए र उनको गलामा गम्भीर चोट थियो । उनलाई हतारहतार अस्पताल भर्ना गरिएको थियो । रामदेवले घटनाबारे सांकेतिक रुपमा बताएका थिए ।