समाचार

सरकारले ईतिहासमै गर्यो यस्तो निर्णय, लाईसेन्स नै काम नलाग्ने बनाईदियो

काठमाडौं । सरकारले सार्वजनिक सवारीको रुट परमिट खारेज गरेको छ । सरकारले इतिहासमै पहिलो पहिलोपटक हड्तालमा उत्रिएका सार्वजनिक सवारीको

ईजाजत खारेजी गरेको हो । शुक्रबार मात्रै यातायात व्यवस्था विभागले सिनामंगल आरएनएसी रुटमा चल्ने २६ माईक्रोबसका रुट लाईसेन्स खारेज गरेको छ ।

अब सो रुटमा २६ वटा माईक्रोको ठाउँमा १७ वटा ठूला बस सञ्चालन हुने बताईएको छ । यातायात कार्यालयबाट विवरण लिएर धमाधम रुट परमिट खारेजी सुरु गएिको पनि विभागले जनाएको छ ।