पु.समाचार

नयाँ बसपार्कमा रहेका टिकट काउन्टर बन्द, बिचौलियाको सेखी झारियो

काठमाडौं । सरकारले नयाँ बसपार्कमा सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द भएका छन् । सरकारले शुक्रबार यसबारे निर्णय गरेको हो ।

यातायात मन्त्रालयले लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टर खाली गराउन निर्देशन दिएको छ । यातायात व्यवस्था विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको हो ।

समितिहरुले सरकारलाई असहयोग गरेको भन्दै काउन्टर हटाउन लागिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।
अत्यावश्यक सेवमा हड्ताल गरेर सरकारलाई असहयोग गरेका समितिहरुको काउन्टर बसपार्कबाट हटाउने निर्णय भएको जानकारी दिए । निर्णयअनुसार अब नयाँबसपार्कभित्र कम्पनीका बसहरुको मात्रै काउन्टर सञ्चालन हुनेछ ।

सरकारको यस्तो निर्णपछि बसपार्कभित्र रहेका बिचौलियाको समेत सेखी झारिएको छ ।