आर्थिक

हिमालयन जेनेरल इन्स्युरेन्स समिट अन हाईड्रोपावर २०१८ सम्पन्न

काठमाडौं । हिमालयन जेनेरल इन्स्युरेन्स समिट अन हाईड्रोपावर २०१८ सम्पन्न भएको छ । हिमालयन जेनेरल इन्स्युरेन्स कं. लि. ले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल र मार्सको सहआयोजनामा समिट बुधबार सम्पन्न भएको हो ।

जलविद्युत आयोजना जोखिमपूर्ण रहेको र अब राष्ट्र विकासको मेरुदण्डको रुपमा रहेको जलविद्युत आयोजनाको जोखिम न्यूनीकरणका लागि बीमा अति आवश्यक रहेको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए ।

यो गोष्ठीमा ऊर्जा प्रवर्धकका लागि अति आवश्यक बीमाका पक्षहरु समेटी प्रवर्धकहरुलाई एक परिपक्व बीमा पोलिसी खरीद गर्न टेवा पु¥याउने हिमालयन जेनेरल इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्यको भनाई थियो ।

गोष्ठीमा नेपाली प्रवर्धकका तर्पmबाट इप्पानका कार्यकारी सदस्य श्री आशिष गर्गले जलविद्युत आयोजनाहरुलाई लक्षित गरी प्रयोगमा रहेको बीमा लेखको विस्तृत कार्यपत्र प्रस्तुती गरेका छन् । कार्यक्रममा निजी ऊर्जा प्रवर्धकहरुको सहभागिता रहेको थियो ।