आर्थिक

घान्द्रुकमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले कास्कीमा एक शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैशाखमा कास्कीको अन्नपुर्णगाउँपालिका वडा नं–१०, घान्द्रुकमाशाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

यो सहित माछापुच्छ्रे बैंकको हालसम्म १९ शाखा रहित बैंकले सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८५ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्दै आएको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।