आर्थिक

आइएमई जनरल र स्टार हस्पिटल बिच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक श्री पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमासम्म स्टार हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुने बताईएको छ ।

साथै सोही अवसरमा स्टार हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससंग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न आव्हान गरेका छन् ।