पु.समाचार

ऋषि धमलालाई आउ कि नआउ भनि सोधेका महासचिव सिटौला क्लबबाटै समातिए

काठमाडौं । गृहमन्त्रीको निर्देशन पछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । मगृहमन्त्री रामबहादुर थापाले यातायात सेवा ठप्प पार्ने व्यवसायीहरुलाई पक्राउ गर्न आदेश दिएपछि सिटौला रिपोर्टसक्लबबाटै पक्राउ परेका हुन् ।

उनलाई रिपोर्टर्स क्लब नेपालको कार्यालय परिषरबाटै पक्राउ गरिएको छ ।

सादा पोशाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर टेकुमा लगेको छ । क्लबमा आउनुअघि उनले क्लबका अध्यक्ष ऋषि धमलालाई टेलिफोन गरेर पक्राउ पर्ने सम्भावना भएकाले कार्यक्रममा आउँ कि नआउँ भनेर सोधेको स्रोतले बतायो ।