सामाजिक सञ्जाल

सरकारको पक्षमा उर्लिए जनता, सिण्डिकेटहरुको दादागिरी विरुद्ध लिफ्ट मागौँ, लिफ्ट दिऔँ

काठमाडौं । यातायात व्यावसायीले देशभर सार्वजनिक यातायात बन्द गरेको प्रति सामाजिक सञ्जालमा कडा टिका टिप्पणी हुन थालेका छन् । फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोग कर्ताले यातायात व्यावसायीले देखाएको दादागिरीको विरुद्धमा कडा शब्दकामा आलोचनात्मक टिप्पणी गरेका हुन् ।

सार्वजनिक सवारी नचल्दा यात्रुहरु गन्तब्य स्थानसम्म पुग्न नसकिरहेको अवस्थामा उनीहरुले लिफ्ट माग्नुपर्ने र निजी सवारीले लिफ्ट दिएर सिण्डिकेट विरुद्ध लड्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाई आएको छ । यातायात व्यावसायीले चक्का जाम र गरी देश र जनतालाई अस्तव्यस्त बनाएको आरोप लगाउदैँ फेसबुक प्रयोग कर्ता पुष्प थापाले भनेका छन्, यातायात सिण्डकेटहरुले चक्का जाम गरी देश र जनतालजाई अस्तव्यस्त बनाएका छन्, सिण्डिकेटलाई हटाउन देश र विदेशमा रहेको सम्पूर्ण नेपालीहरुको पूरा साथ र सहयोग रहेको अवस्थामा सरकारले केही स्वार्थी व्यक्तीको भनाईमा लागेर सिण्किेटसँग घुडा टेक्यो भने देश र जनताबाट सरकारसँगको विश्वास गुम्ने छ । जनहितको काम गरे सरकारले सबैको साथ पाउने भन्दै उनले अघि लेखेका छन्, एक पटक जनमत गुम्यो भने त्यो फर्काउन गाह्रो हुनेछ ।

त्यस्तै अर्का फेसबुक प्रयोग कर्ता चुडा राज ढकाल लेख्छन्, सार्वजनिक सवारी नचल्दा लिफ्ट लिने र दिने अभियान पुन सुरु गरौँ, लिफ्ट लिन्या र दिन्या दुवै समाजका सेवक हुन् । जनता सरकारको पक्षमा उभिएको बताईएको छ ।

यसैबीच, गृहमन्त्री राम बहादुर थापा बादलले यातायात व्यावसायीलाई पक्राउ गर्न दिएको निर्णयको स्वागत गरिएको छ । गृहमन्त्रीको भनाई स्वागत योग्य रहेको बताउदैँ देशमा पहिलो पटक सरकार भएको अनूभूति जनताले गर्न पाएको सर्वसाधारणहरुले बताएका छन् । गृहमन्त्री थापाको निर्देशनपछि देशभरीबाट एक दर्जन बढी यातायात व्यावसायी पक्राउ परिसकेका र बाकीको खोजी भईरहेको स्रोतले बतायो ।

समग्र यातायात क्षेत्रको बेथितीको रुपमा रहेको सिन्डीकेटको पक्षमा यातायात व्यावसाहीहरुले शुक्रबार सार्वजनिक यातायात ठप्प पारेका छन् ।

यो पनि पढ्नुस्ः

जनतालाई सास्ती दिने यातायात व्यावसायी धमाधम प्रहरी फन्दामा