देश

कुन रुटमा कुन गाडी चल्दैछन् ?

काठमाडौं । यातायात व्यावसायीहरुको बन्दको कारण राजधानी लगायत स्थानमा यात्रुलाई गन्तब्य सम्म पुग्न कठिन भईरहेका बेला सरकारले क्यू फ्रि गरेको छ । शुक्रबार सरकारले क्यू फ्रि गरेपछि चालकले आफ्नो ईच्छाअनुसार गाडी चलाउन पाउने भएका हुन् । तर भाडा भने सरकारले तोकेको मापदण्ड अनुसार नै लाग्नेछ ।

यसका साथै निम्नानुसारका रुटका केही सवारीहरु भने निर्वाध रुपमा चलिरहेका छन्ः

इलाम, काकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, चतरा– साकिरा यातायातका बस ।

सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोट– बुलबुले, देउती र नागरिक यातायातका बस ।

काठमाण्डु–रोल्पा– रोल्पा यातायातका बस ।

काठमाण्डु–प्युठान– नमस्ते प्यूठानका बस ।

रोल्पा–नेपालगन्ज– आशिर्वाद यातायातका बस ।

रुकुम–काठमाण्डु– रुकुम यातायात प्रालिका बस

कोहलपुर, सुर्खेत, काठमाण्डु– मेट्रो सर्भिसका बस ।

बर्दिया, बुटवल, काठमाण्डु– भेरी यातायातका बस

अर्घाखाँची–बुटवल– लंका यातायातका बस

काठमाण्डु, दाङ, नेपालगन्ज, रोल्पा– स्मार्ट नेपालका बस ।

दाङ–काठमाण्डु मालिका कालिका र सहारा यातायाका बस

काठमाण्डु, चितवन र पोखरा– हरियो नम्बर प्लेटका टुरिस्ट बस ।

काठमाण्डु–जनकपुर– चुरिमाई यातायात ।

सर्लाही–जनकपुर– रातुकमला ।

भक्तपुर–काठमाण्डु – शुुभकामना यातायात ।