समाचार

साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीले दिए ३० लाख

काठमाडौं । २ वर्ष देखि साउदी जेलमाबन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकमप्रधानमन्त्री केपीशर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् ।

यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनी २ वर्ष देखि बन्दी जीवन विताइरहेका छन् ।

एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बेलुका आफूलाई भेट्न आइपुगेको राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेल प्रेमबहादुरको जेल मुक्तिकालागि साउदी सरकारसँग कुरा गर्ने बताए ।

सो अवसरमाप्रधानमन्त्रीओलीले विश्वको अन्य देशकानागरिक र नेपालीनागरिक विदेशिनु पर्ने कारण फरक रहेको वताए । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले भने,–‘अरु देशकानागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेशगएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउँछौं ।’

नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको प्रधानमन्त्री ओलीले वताए ।

‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्थात्यति राम्रो छैन, तर अवहामीले हाम्रै देशमाउत्पादन बढाउनु छ, उद्योग खोल्नुछ, यहिँ रोजगारी रिर्जना गर्नुछ । त्यसकालागि यो सरकार बनेको हो, प्रधानमन्त्री ओलीले भने ।
विदेशमा बन्दी जीवन विताइरहेका नेपालीको उद्धारका लागि सहयोग संकलन गरेकामा इन्द्रेणी सांगीतिक कार्यक्रमको टोलीलाई प्रधानमन्त्री ओलीले प्रशंसा सहित धन्यवाद दिए ।

‘हरेकलाई सुखमाहोइनदुःखमा साथचाहिने हो, दुःखमा परेका नेपालीलाई सहयोग गर्न लिएको अग्रसरताप्रति म धन्यवाद दिन्छु, यस्तो काममा म र अहिलेको सरकार साथमा छ,’–प्रधानमन्त्री ओलीले भने

कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कंडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म ७१ लाख रुपैयाँ संकल नभइसकेको बताए ।