उर्जा

पाइपलाइनबाट डिजेल मात्रै

काठमाडौं । निर्माणाधीन मोतीहारी रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र ढुवानी हुने भएको छ । डिजेलको खपत अत्याधिक बढेपछि आपूर्तिको अवस्था सहज बनाउन डिजेल मात्र ढुवानी गर्न लागिएको हो ।

सीमा क्षेत्रको इन्धनको मूल्यमा फरक भएपछि तराईमा डिजेलको माग ह्वात्तै बढेको छ ।

निगमको तथ्यांकअनुसार प्रतिलिटर पेट्रोल २१ रुपैयाँ ९२ पैसा र डिजेलमा २४ रुपैयाँ ६१ पैसा सस्तो छ ।

सस्तो भएपछि माग बढेको हो । आजको कान्तिपुरले अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापेको छ ।

मालबाहक सवारी साधनहरु नेपालबाटै इन्धन भरेर जाने गर्छन् भारतीय सवारीहरु पनि इन्धन भर्न आउने गरेका छन् । निगमका एक अधिकारीले भने, जसले गर्दा तराईमा माग उच्च छ ।

समाचारमा लेखिएको छ, मागलाई सम्बोधन गर्न पनि डिजेलमा जोड गरेको निगमको दाबी छ ।