कृषि

कृषिमा आत्मनिर्भर हुन दीर्घकालीन योजना ल्याइने

काठमाडौँ । कृषिमा आत्मनिर्भर हुनका लागि सरकारले दीर्घकालीन रणनीतिकासाथ अगाडि बढ्ने भएको छ ।

नेपाल कृषिप्रधान मुलुक भए पनि पछिल्लो समयमा कृषिउपजको आयातको मात्रा बढेको भन्दै सरकारले दीर्घकालीन सोच अगाडि सारेको हो ।

आज मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भने, “अब सामान्य तरिकाले कृषि क्षेत्रको विकास हुन नसक्ने भएकाले दीर्घकालीन सोचका साथ सरकार लागिपरेको छ ।”

भूमिको व्यवस्थापन, रासायनिक मलको उचित वितरण तथा उपलब्धता, सामूहिक खेती प्रणाली तथा कृषिको ‘पकेट’ क्षेत्र घोषणा गरेर कृषि पेशामा युवाको सहभागिता बढाउने कार्यक्रम ल्याइने उनको भनाइ छ ।

मन्त्री खनालले दीर्घकालीन योजनामा मन्त्रालयले चासो राखेको उल्लेख गर्दै “मलाई छिट्टै चर्चामा आउनु छैन तर कृषकको जीवनस्तर उठ्नुप¥यो, कृषि क्षेत्रमा आत्मनिर्भर बन्नुप¥यो भन्नुभयो ।”

नेपालको कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट परिचालन सन्तोषजनक नभएको भन्दै उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासमा विशेष जोड दिइने स्पष्ट पारे ।

मन्त्री खनालले नेपालको पहिचानसहित कृषि उत्पादन विदेश निर्यात गराउने गरी काम गर्ने सरकारको सोच रहेको उल्लेख गर्दै निजी क्षेत्रबाट कृषिमा भएका सकारात्मक कामको अध्ययन, विस्तार तथा कृषिमा युवा सहभागिता बढाउने खालको कार्यक्रम ल्याइने बताए ।