आर्थिक

माछापुछ्रे बैंकले ल्यायो अब थप स्मार्ट सुविधा सहितको एमबिएल स्मार्ट बचत खाता

काठमाण्डौ । माछापुछ्रे बैंकले आकर्षक सुबिधासहितको एमबिएल स्मार्ट बचतखाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम रुपैयाँ ५ हजार बचत गरी ६ प्रतिशत ब्याज प्राप्तगर्न सकिने छ । उक्त खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्तगर्दै आइरहेका छन् ।

स्मार्ट सुविधा अन्र्तगत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तरशाखा कारोबार सुबिधा निःशुल्क तथा लकर सुबिधामासमेत ५० प्रतिशतछुट प्राप्त गरिरहेका छन् । उक्त खाता थप आर्कषक बनाउन बैंकले स्वास्थ र दुर्घटना बिमाको सुविधा समेत प्रदानगर्न भएको छ,जसमा ग्राहकले रु पाँचलाखसम्मको दुर्घटना बिमा, रु १ लाख सम्मको अस्पताल भर्ना खर्च र रु ५ हजार सम्मको औषधिखर्च निःशुल्क प्राप्तगर्न सक्ने जनाएको छ ।

बैंकनैनगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालनगर्न ग्राहकवर्गलाई प्रोत्साहितगर्ने उद्देष्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९शाखा रहित बैकिङ्गसेवा समेत गरी जम्मा ८५ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।