मनोरञ्जन

कपिल शर्मा सगँको पत्रकारको दुश्मनी यसरी बन्दैछ महंगो !

काठमाडौं । यदि भारतीय टेलिभिजनमा सबैभन्दा धेरै हिट भएका कमेडीयन हुन भने त्यो कपिल शर्मा नै हुन् । सोनी टिभी कमेडी सर्कसबाट आफनो करियर सुरुवात गरेका कपिलले “कमेडी नाईट्स कपिल” र “द कपिल शर्मा शो” बाट निकै चर्चा कमाए । कुनै समय भारतमा फिल्मी क्षेत्रबाट सबैभन्दा धेरै करसमेत तिरेका कपिलको पोजिशन आज जमिनबाट आकास हुँदै पुन जमिनमा पछारिएका छन् ।

सुनिल ग्रोबरसंग झगडा परेदेखि मानसिक तनाबबाट गुज्रिएका उनले कामले प्रेशरले द कपिल शर्मा शो समेत बन्द गरेका थिए । फिरंगी फिल्मको रिलिजपछि उनी सोनीबाट नै “फ्यामिली टाईम विथ कपिल” नामक शोबाट कमव्याक गरे । तर उनको उक्त शो कमेडी शो भन्दा पनि पुरस्कार बाढ्ने शो जस्तो भएपछि खुबै आलोचना भयो । यसबीचमा उनी प्रेमीकाबाट पनि पिडित बने ।

उनले शोको सुटिङ क्यान्सिल हुने कारण नै आफनो म्यानेजरसमेत रहेकी प्रेमिका प्रिती सिमोसको कारण हुने गरेको स्पष्टीकरण दिएका थिए । त्यसपछि उनी एकाएक गायब बने र चलिरहेको शो पनि बन्द भयो । उनी गायब बनेपछि मिडियामा विभिन्न खाले समाचारहरु बने । जसबाट आजित भएका उनले मिडियालाई गाली गर्दे ट्वीट पनि गरे । हालै उनले एक पत्रकारलाई कानुनी नोटिस पठाउँदै १०० करोडको क्षतिपुर्ती माग गरेका छन् ।

उक्त पत्रकारले आफनोबारेमा नचाहिने खबर छापेको, आफनो बेईज्जत गरेको भन्दै उनले १०० करोड रकमको क्षतिपुर्ती मागेका हुन् । यतिमात्र होईन कपिलको समाचार हटाउँनु पर्ने र सार्वजनिकरुपमा माफी माग्नु पर्ने माग कपिलले गरेका छन् । उता कपिलले आफनो प्रेमीकाले २५ लाख मागेको भन्दै प्रहरीमा उजुरी पनि दिएका छन् । भनिन्छ यतिबेला कपिलले मानसिक तनावको कारण उपचार लिईरहेका छन् । -भारतीय मिडियाको सहयोगमा